ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल ओमानसँग पराजित

  सल्यान खबर २०७६ माघ २२ गते बुधबार १८:३५:०८ मा प्रकाशित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको छ । बुधवार कीर्तिपुस्थित टीयू मैदानमा भएको खेलमा ओमानसँग नेपाल १८ रनले पराजित भएको हो ।

ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो । नेपालले शुरु राम्रो रहेन । 

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए  भने  अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् ।  तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन ।  नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट  लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top