ट्रेण्डिङ

होमपेज / खेलकुद

ओलीको समाचार विश्वकै उत्कृष्ट

  सल्यान खबर २०७६ माघ २१ गते मंगलबार १३:४०:३१ मा प्रकाशित

माघ २१, २०७६ काठमाडौं : नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको खेल समाचार विश्वमै उत्कृष्ट भएको छ। स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै ओलीले ‘बेस्ट कोलम राइटिङ’ तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएका हुन्। खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने 'स्पोर्टस्‌ मिडिया अवार्ड'सँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव ओलीले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेलसंघ पालिएका छन्’ भन्ने शीर्षकमा समाचार लेखेका थिए। सोमबार राति हङगेरीको राजधानी बुडापेस्टमा भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो। 

एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन्। विश्वभरका करिब १ सय ८० देशका पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो। ओली डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय छन्।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top