ट्रेण्डिङ

होमपेज / कला/साहित्य

कहाँ छन खै नारीका खुसिका तिबाहारहरु

गजल

  सरिता चलाउने २०७६ फाल्गुण २९ गते बिहीबार १८:४८:१८ मा प्रकाशित

कहाँ छन खै नारीका,खुसिका तिबाहारहरु
बिरानो छ उनको लागी,गाउँ देशि शहरहरु
माया प्रेमधन पैसाको लोभ देखाई,यहाँ
सामाग्री झै बेचिदिन्छन, चक्नचुर छन रहरहरु
महिलापुरुष बराबरी, भन्छ कानुनले त 
एक्लै देख्दाकिन लाउछन , घिन लाग्दानजरहरु
शिक्षितभएर आएकी बुहारी हैन,दाईजो चाहियो रे
बिचरीको मनमा पर्छन नकारात्मक असरहरु
संघर्स गरेर जती नै राम्रो,काम गरे पनि नारीले
भेटिहाल्छन अनेक थरी,कुरा काटने लहरहरु्
कतिको ज्यानगयो कती यौन हिंसामा परेका छन
वास्तै छैन कसैलाई सुन्दापनिखबरहरु
दन्दनी बलेको आगोमा पिल्सीदा,दबाब र अभावमा थिचिदा
बग्न थाल्छन आखा बाट मुसल्धारे नहरहरु
अबै कतै कसै बाट नहेपिउन, र्दुब्यवहारमा नपरुन नारीहरु
पिउन बाध्य हुने छैनन, अनेक थरी जहरहरु
    

प्रतिक्रिया

सम्बन्धित खवर

Top