ट्रेण्डिङ

होमपेज / कला/साहित्य

राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानको अध्यक्षमा : भण्डारी

  सरिता चलाउने २०७८ बैशाख ४ गते शनिबार १७:१५:५८ मा प्रकाशित

सरिता चलाउने वैशाख ४,सल्यान 
राप्ती साहित्य परिषदको जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रविन भण्डारी निर्वाचित भएका छन्  । शनिवार सदरमुकाम खलंगामा भएको परिषदको चौथो अधिवेशनबाट भण्डारी निर्वाचित भएका हुन । 

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र भण्डारी अंकित, सचिवमा तारादेव शर्मा प्रर्दशन, सहसचिवमा मनोजवावु मनोहर र कोषाध्यक्षमा सिर्जना विष्ट निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा डिल्लीराज केसी, मोहनसिंह घर्ति, रमा शर्मा, गणेश बिक रहेका छन् । त्यस्तै सल्लाहाकारमा केशवराज देबकोटा, विष्णु शर्मा रहेको राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले  जनाएको छ । परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ ।

निर्वतमान अध्यक्ष बिष्णु शर्माको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीले रु २५ हजारको साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।  स्वर्गिय छोरी अजिता अधिकारीको नाममा रु २५ हजारको साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापनाको घोषणा गरेका हुन । अक्षयकोषको रकमबाट आउने लाभासंबाट प्रत्येक वर्ष उत्कृष्ट साहित्कारलाई पुरस्कार बितरण गरिने उनको भनाई छ   । साहित्य क्षेत्रलाई अग्रसर बनाउनको लागि आफ्नो तर्फबाट सहयोग र सहकार्य हुने समेत दावी गरे । 

राप्ती साहित्य परिषदका उपाध्यक्ष डिल्लीराज रावतको स्वागत मन्तव्य रहेको कार्यक्रममा साहित्यकारहरु डाक्टर प्रेम योगी, डाक्टर पुर्ण भण्डारी पङकज,  राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्मा समिर पत्रकार लगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top