होमपेज / कला/साहित्य
सरिता चलाउने फागुन ८,सल्यान
गणेशमान सिहद्धारा लिखित ‘केही कविता केही कथा’को शनिबार सल्यान खलंगामा लोकार्पण गरिएको छ ।
सल्यानका प्रदेश सभा (क) का सदस्य गुलावजङ शाह लगायतका विशिष्ट व्यक्तिहरुले उक्त कृतिकको लोकार्पण गरेका हुन । समाजमा भइरहेका घटना नजिकबाट अध्ययन गरेर कविता र कथाको माध्यमबाट रुपान्तरणको संकल्प बोकेको लेखक गणेशमान सिहंले बताए ।
कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहले राजनीतिलाई सहि ढगंले बुझे मात्र समाज रुपान्तरण गर्न सकिने बताए । समाजमा हुने जुनसुकै काममा पनि राजनीतिले नेतृत्व गर्ने भएकाले समाजलाई शान्तिपुर्ण ढगंले अगाडी बढाउनको लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताए ।
पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले साहित्यको प्रारम्भ पहिले देखि नै चलिआएकोले साहित्य सिर्जना गर्ने बानिलाई निरन्तरता दिनु पर्ने बताए । पुर्व सांसद नेत्रलाल श्रेष्ठले सिर्जना, साहित्यले समाजका धेरै कुराहरुलाई प्रष्ट पार्ने भएकाले मानिसलाई पुर्ण बनाउने बताए ।
जिल्ला समन्वय समितीका अध्यक्ष केश बहादुर बिस्टले समाजमा साहित्य सिर्जनाले नयाँ अध्याय थपेको बताए । अध्ययन र सिर्जना गर्ने कुराले अरुको मन छोयो कि छोएन त्यो पनि महत्त्वपूर्ण हुने उनको भनाई छ ।





.jpg)