ट्रेण्डिङ

होमपेज / कला/साहित्य

राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा वली

  सरिता चलाउने २०७७ माघ ३ गते शनिबार १६:५९:४८ मा प्रकाशित

सरिता चलाउने माघ ३,सल्यान 
राष्ट्रिय संगीतकर्मी संघ सल्यानको  अध्यक्षमा कुल बहादुर वली निर्वाचित भएका छन् ।  

शनिवार राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा १७ सदस्सीय समिति निर्वाचित गरेको हो ।  जसको उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका, सहसचिवमा चुडामणी पुन र कोषाध्यक्षमा लिला खत्री  रहेका छन् । 

राष्ट्रिय संगीतकर्मी संघ सल्यानका नवनिर्वाचित अध्यक्ष वलीले नेपाली मौलिक कला, गला र संस्कृतिको संरक्षणका लागी यसको भुमिका महत्वपुर्ण हुने बर्ताए । सल्यानमा रहेको लोपोन्मुख कला संस्कृति तथा रितिरिवाजको संरक्षण एवं प्रवद्र्धन गर्नु नै सघंको प्रमुख दायित्व रहेको बताए  ।

कार्याक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नेपाली मौलिक लोक कला र संस्कृतिको संरक्षण गर्नुपर्ने आबश्यकता रहेको औँल्याए । अहिलेको समयमा पुराना नेपाली लोकसंस्कृतिक लोप हुदैँ गएको बताउदैँ उनले युवापुस्तालाई यसको संरक्षणमा आकर्षित गर्न आबश्यक रहेको समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top