ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यान अस्पतालमा पाठेघर फुटेकी महिलाको सफल शल्यक्रिया

अचेत गर्भवतिको शल्यक्रिया पनि सफल 

  सरिता चलाउने २०७७ श्रावण ७ गते बुधबार १८:११:४९ मा प्रकाशित

सरिता चलाउने साउन ७, सल्यान 
 सल्यान कुमाख गाउँपालिकाकी एक महिलाको पाठेघर फुटेको अवस्थामा सल्यान अस्पतालमा शल्यक्रिया गरिएको छ ।

 जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ७  कि २९ बर्षकी रीता  बि.क.को  सुत्केरी हुने क्रममा पाठेघर फुटेपछि पाठेघरको शल्यक्रिया गरी आमा  बचाउन सफल भएको हो । सुत्केरी हुने क्रममा पाठेघर फुटेपछि पाठेघर नै फालेर शल्यक्रिया गरिएको सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए । छोराको रहरमा पटक पटक  गर्भवती हुने प्रचलनले गर्दा बिभिन्न जटिलता निम्तिरहेको डाक्टर शर्माले भनाई छ । बच्चाको भने शल्यक्रिया गर्नु अगावै मृत्यु भइ सकेको थियो । 

उनका अनुसार धेरै रगत बगेका कारण कुल ५ पिन्ट रगत चढाएर सल्लेक्रिया गरिएको हो ।  सल्यान जिल्ला अस्पतालमा यस्तो शल्यक्रिया पहिलो चोटि गरिएको उनको भनाई छ । 

अचेत गर्भवतिको शल्यक्रिया पनि सफल 

यस्तै अचेत अवस्थामा  अस्पताल आएकी छत्रेश्वरी गाउँपालिका ७ की २२ वर्षीया एक महिलाको पनि शल्यक्रिया गरिएको छ । उच्च रक्तचापका कारण इक्लेम्पसिया रोगबाट पिडित महिलाको सफल सल्यक्रिया गरिएको डा. शर्माको भनाई छ । 
अवस्था जटिल भएपछि  हेलिकप्टर मार्फत  नेपालगंज पठाउनु पर्ने थियो, तर मौसम खराब भएकोले त्यो सम्भव भएन उनले भने ,  ति महिला र पेट भित्रको बच्चाको निगरानी गर्दै शल्यक्रिया गरेर २२ सय ग्रामको बच्चा निकालियो, शल्यक्रियाको १२ घण्टा पश्चात बल्ल बिरामीको होस खुल्यो र क्रमिक सुधार भयो ।अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ । 
   १० दिनको बिचमा ६ वटा शल्यक्रिया गरिएको डा. शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top