होमपेज / फिचर
साउन १७,सल्यान
छिनछिनमा मौसममा आउने बदली। बादलको घुम्टोभित्रमा रातै भएर फलेका स्याउ देख्नेबित्तिकै जो कोहीको पनि मुख रसाउँछ। कुमाख गाउँपालिका ३ नम्रैना पुग्ने जो कोही स्याउ बगैँचामा एक फन्को नमारी फर्किंदैन। चिसो चिसो मौसममा अर्गानिक स्याउ खान पाउँदा कसको मन न लोभ्याउला र?
झट्ट हेर्दा बिग्रेको, दाग लागेको देखिए पनि सल्यानी स्याउ चाखेपछि मात्रै त्यसको असली स्वाद थाहा हुन्छ। सल्यानी स्याउको विशेषता भनेको एक पटक खाएपछि यसको स्वादले पल्काइरहन्छ।
विशुद्ध अर्गानिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलनै हुन सक्दैन। सल्यानी स्याउले राम्रो बजार पाइरहेको छ। स्याउको बगैँचामा पुगी आफैँले रोजेर स्याउ टिप्न पाउँदा ग्राहक पनि मख्ख पर्ने गरेका छन्।
फोटो: जीवन शर्मा