होमपेज / समाज
भदौ १०,सल्यान
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहीबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत सिद्ध कुमाख गाउँपालिका १ चाख्लिघाटमा रा ४ प ९४७१ र रा ३ प ४७९५ नम्बरका दुई मोटरसाइकल खोलामा खस्दा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रा ३ प ४७९५ नम्बरको मोटरसाइकल चालक कुमाख गाउँपालिका ७ का अन्दाजी ३० वर्षीय कमल भन्ने डिल्ली वि.कको मृत्यु भएको हो । गम्भीर घाइते वि.कको दाङ घोराही स्थित संजिवनी टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो ।
उहाँका अनुसार रा ४ प को मोेटरसाइकल चालक बागचौर नगरपालिका २ का ३० वर्षीय धिरज घर्ती, उक्त मोटरसाइकलको पछाडी सवार बागचौर नगरपालिका २ का २३ वर्षीय अर्जुन बुढा मगर र रा ३ प ४७९५ नम्बरको मोटरसाइकलमा सवार बागचौर नगरपालिका वडा न २ कै १९ वर्षीय चन्द्र प्रकाश वली घाइते भएका छन् । घाइते धिरज घर्तीको दाङ घोराही र अर्जुन र वलीको नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)