ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानमा यसरी मनाइयो धान दिवस (फोटो फिचर)

  सल्यान खबर डेस्क २०८१ असार १५ गते शनिबार १८:१८:५२ मा प्रकाशित

असार १५,सल्यान ।

हरेक वर्ष असार १५ गते मनाउँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सल्यानका विभिन्न स्थानीय तहमा धान रोपेर दिवस मनाएको छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ सल्यानमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो । सल्यान खाद्यन्न उत्पादनका दृष्टिले आत्मनिर्भर जिल्ला हो । जिल्लामा वार्षिक ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । 

मध्य असारसम्म आइपुग्दा सल्यानमा ४८ प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको छ । लामो समयको खडेरीका कारण धान रोपाईमा ढिलाई भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । विगतका वर्षहरुमा यस समयसम्म धेरैजसो स्थानमा धान रोपाई सम्पन्न हुने गरेकोमा यस वर्ष लामो समयको खडेरीका कारण धान रोपाइमा ढिला भएको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनु भयो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top