होमपेज / फिचर
फागुन ७,सल्यान
सल्यान शारदा नगरपालिका १ श्रीनगरका देव बहादुर बुढा व्यावसायिक कन्ये च्याउ खेतीमा मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर लागि पर्नु भएका बुढाले च्याउ खेतीबाट दैनिक ८हजार देखि ९ हजार रुपैयाँमा आम्दानी गर्दै आइरहनु भएको छ ।
देव बहादुरले दैनिक ४५ देखि ५० किलो च्याउ उत्पादन हुँदै आइरहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ । मात्र काम गर्ने जोस, जाँगर चाहिँदो रहेछ ।’
स्थानीयस्तरमै च्याउखेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउ खेती गरेको उहाँको भनाई छ । तीन टनेलमा १ हजार २ सय बलबाट च्याउ उत्पादन गर्दै आइरहनु भएका बुढालाई बिक्री गर्न बजारसम्म जानु नै पर्दैन । व्यापारी नै टनेलमा आएर लिने गरेका छन् । उहाँले भन्नु भयो ‘म सँग बाह्र सय च्याउका बल छन् तीबाट दिनमा ४५ देखि ५० किलोसम्म उत्पादन हुन्छ । बिक्री गर्न बजार खोज्दै अहिलेसम्म हिड्नु परेको छैन व्यापारी आफै आएर लिने गर्दछन् ।’
व्यापारीलाई थोकमा १ सय ८० रुपैयाँ किलो र फुटकरमा २ सय रुपैयाँ किलो बिक्री गर्ने गरेको उहाँको भनाई छ । एक बलबाट तीनपटकसम्म च्याउ निकाल्न मिल्ने र एक बलबाट तीन देखि चारकिलोसम्म च्याउ उत्पादन हुने गरेको छ । एक बल बनाउन ९० देखि एक सयरुपैयाँसम्म लगानी लाग्ने गरेको बुढाको भनाई छ । मासिक दुई लाख ५० हजारसम्म आम्दानी हुने बताउँदै पराल किन्न, घरखर्च चलाउन, बल भर्न मजदुर लगाउदा पनि १ लाख जति खर्च हुने गर्दछ ।
पाँच हजार बल पु¥याउने लक्ष्य
तीन वर्षअघि देखि व्यावसायिक च्याउ खेती गर्दै आउनु भएका बुढाले अर्को वर्षदेखि ५ हजार बल पु¥याउने लक्ष्य लिएको बताउनु भयो । अहिले १२ सय बलबाट राम्रो आम्दानी भइरहेकाले अर्को वर्षदेखि खेतीमा वृद्धि गर्ने सोच बनाएको बताउनु भयो । उहाँले भन्नु भयो अन्य कृषिजन्य बस्तुहरु जिल्ला बाहिरबाट ल्याउनु पर्ने बाध्यता भएता पनि च्याउमा पनि जिल्ला बाहिरबाट ल्याउनु नपर्ने उहाँको भनाई छ । अहिलेसम्म दाङ्गबाट च्याउ बजारमा आइरहेता पनि स्थानीय उत्पादनले बजार पाइरहेको बुढाले बताउनु भयो ।
६० वर्षउमेर पुग्दासम्म १ करोड रुपैया कमाउने ध्यय
अहिले ४५ वर्ष पुग्नु भएका बुढाले ६० वर्षको उमेरपुग्दासम्म १ करोड रुपैयाँ कमाउने ध्यय राखेको बताउनु भयो । यहि च्याउ खेतीबाट नै अबको १५ वर्षमा १ करोड कमाउने लक्ष्य राखेको उहाँको भनाई छ । च्याउ, तरभुजा र खरभूजा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आफूमा विश्वास समेत रहेको उहाँले बताउनु भयो ।