होमपेज / बिचार / सम्बाद
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विवादले देशमा खुवै रडाको मच्चिएको छ । राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्ति लगायत आम मानिस यसको पक्ष र विपक्षमा उभिएका छन् । अमेरिकी राजदूतावासले एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश भएको बताइ सकेको छ। तर नेपालका राजनीतिक दलहरु भने परियोजनाको नाममा एमसिसी जसरी पनि पारित गराउने खेलमा लागि परेका छन् । विशेष गरी सरकारको नेतृत्व गरी रहेको नेकपा भित्र अहिले एमसीसिको विषय पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री केपि ओली जसरी पनि संसदबाट पास गराउन अनेकौं खेल खेली रहेको पाइन्छ ।
वैदेशिक सहयोगको रुपमा आउने जुन सुक्कै सहयोग होस त्यस्लाई स्वागत गर्न सकिन्छ तर यहाँ गम्भिर सङ्का कहाँ उठ्यो भने ,उक्त सहयोग कार्यन्वयन गर्दा नेपालको संविधान शंशोधन गर्नु पर्ने र विदेशी संविधान लागु गर्नु पर्ने, एउटा सहयोगको लागी स्वाभिमान देश यसरि लम्पसार पर्नु लज्जास्पद कुरा हो ।
अर्को कुरा एमसिसीको ओकालत गर्ने प्रधानमन्त्री के पि शर्मा ओलि र काँग्रेस सभापती शेर बहादुर देउबा यि दुबैको अहिले बिचार मिलेको छ किनकी यि दुइ पात्र महाकाली जस्तो राष्ट्रघाती सम्झौता गर्न मतियार बनेका पात्र हुन । महाकाली सन्धी रास्ट्रघाती रहेछ र यो सन्धी गर्दा देशले नोक्सान बेहोर्नु पर्यो भन्ने कुरा आम नेपाली जनमानसमा हुँदा पनि त्यही सन्धिका मतियार राजनीति र शक्तिको आडमा रहेर रजाइ गरिरहे यो नेपालको राजनितिको दुखद पक्ष हो अझै त्यस्ता रास्ट्रघातिलाई केहि अल्प ज्ञानी झुन्डले रास्ट्रबादी नेता भनेर प्रचार गरी रहेका छन् ।यहाँ सत्य मर्ने र झुट फैलिने .............. ले सरापेको देश भनेझै छ ।
आज देश पुर्ण रुपले बन्धक अवस्थामा छ, विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरेको कोरोनाको सङ्क्रमन दिन दुइ गुना र रात चौगुनाले बढेको छ, मझौला ब्यापारी टाट पल्टिसके , जनताले भोक शोक र भ्रस्टाचारबाट पिडित बन्दै गइरहेका छन् । बेरोजगारी समस्याले यहाँ दिनौ आत्मा हत्याको तथ्याङ्क बढ्दै छ , तर यो देशको प्रमुख पार्टीका नेता हुम भन्ने हरु विदेशीले बजाएको बाजाको तालामा नाचेर यो जुनि काट्दै छन । तीनका अल्प ज्ञानी भजन मन्डलीहरु सत्यलाई असत्यले ढाकेर भ्रम सिर्जना गरेर केहि फाइदा उठाइ रहेछन । यहाँ हुनु पर्ने बहस हुँदैन, देखिनु पर्ने समस्या देखिदैन , सोधिनु पर्ने प्रस्न सोधिदैन , आउनु पर्ने उत्तर पनि आउँदैन । केहि उत्ताउला कुरामा ताली ठोक्ने देशकै सम्मानित स्थानमा विराजमान मानानीय हरुको अल्प बिबेकी सङ्स्कार देख्दा यहाँ लेख्ने हातहरु र देख्ने आँखाहरु पनि ब्यर्थ लाग्छ ।
एमसिसि संसदले यदी पारित गर्यो भने बर्तमान ने क पा लाई महाकाली सन्धी पश्चातको पुर्ब एमालेको हालतमा पुर्याउने निश्चित छ । किनकी ने क पा नेता भिम रावतले जनतामा एम सि सि बिरुद्ध जुन प्रकारको विश्लेषण छोडेका छन् यस्को सैदान्तिक र ब्यबहारिक खन्डन कसैले गर्न सकेको छैन । संसदमा बहस हुने र सत्यको पक्षमा उभिने संसदीय प्रणालीका बिरुद्द्ध आफु सङ्ग प्राप्त ससंदका घमन्डले यदी देश बिरुदद्ध संसद उभियो भने सडक अराजक हुने छ ।
जसरी पनि पारित गर्ने , भन्ने भित्रको नियत के हो ? देशलाई पैसाको कमी भयो भने त्यो एम सि सि भन्दा बढी एन सेल बाट राज्यले कर उठाउने पैसा धेरै छ । त्यसैले यहाँ प्रस्त कमिसनको खेल देखिन्छ ।
अन्तमा एम सि सि टेबुल हुन बाट रोक्ने अधिकार र जिम्मेवारी अहिले सभामुखको हातमा छ देशको लागी हिरो हुने वा जिरो हुने सभामुख महोद यसको स्व बिबेक हुने छ । बिबादित हुँदा हुँदै पनि यो सम्झौता पारित भयो भने पनि आफ्नो उद्देश्य अनुसार अघी बढ्न सक्ने छैन ।





.jpg)