होमपेज / समाज
प्रकाश शर्मा जेठ ३१, सल्यान
सल्यानको दार्मा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात गरेको छ । कोरोना भाइरसका कारण सरकारले जारी गरेका लकडाउनका बिचमा पनि सामाजिक दुरी कायम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो ।
आर्थिक अवस्था अत्यान्त कमजोर भएका र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत भएका व्यक्तिहरु मध्येबाट प्राथमिकताक्रमका आधारमा काममा संलग्न गराइएको दार्मा गाउँपालिका रोजगार संयोजक किरण गौतमले बताए ।
पहिलो चरणमा वडा न २ बाट कार्यक्रमको सुरुवात गरिएको बताउदै गौतमले केहीदिन भित्र गाउँपालिकाका सबै वडामा सञ्चालन हुने बताए । दुई न वडामा सात बजेट विनियोजन गरिएको र उक्त बजेटले सडक मर्मत, नाली कटान, वाल निमार्ण जस्ता काम गरिने उनको भनाई छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको विषम परिस्थितिमा सामाजिक दुरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोग गरी समूहगत रुपमा आचारसंहिता सहित रोजगार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
पहिलो चरणमा वडा न २ का ३५ जनाले रोजगारी पाएको बताउदै छिट्टै प्राथमितकताका आधारमा छनौट भएका व्यक्ति काममा जोडिने बताए ।
सरकारले २०७५ फागुन १ देखि बेरोजगारलाई न्युनतम १०० दिनको रोजगार दिने लक्ष्य सहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको थियो । तर यस वर्ष देशमा लकडाउन भएको र बजेट ढिलो आएको कारण १०० दिनको रोजगार भने दिन नसकिने रोजगार संयोजक गौतमले बताए । कामदारले दैनिक श्रम गरेबापत ६ सय रुपैया पाउने उनको भनाई छ ।





.jpg)