होमपेज / समाज
प्रकाश शर्मा जेठ २८, सल्यान
दार्मा गाउँपालिकामा भारतबाट आएका २ सय २४ जनाको पीसिआर रिर्पोट नेगेटिभ आएको छ ।
२ सय २४ जनामा लगिएको स्वाबको रिर्पोट नेगेटिभ आएको दार्मा गाउँपालिकाले जनाएको छ । पीसिआर रिर्पोट आएका मध्ये १४ दिनको क्वारेनटाइनको अवधि पुरा गरेका ६६ जनालाई होम क्वारेनटाइनमा पठाइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ खड्काले बताए ।
उनका अनुसार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरबाट ११, जनकल्याण प्राथमिक विद्यालय स्यालागाउँबाट १६ जना , बाल ज्ञानोदय प्रावि काफलगैराबाट ३० जना र सुर्योदय मावि गोठिवनबाट ५ जना र भृकृटी प्रावि किमुटाकुराबाटट ४ गरी ६६ जनालाई घर पठाइएको खड्काको भनाई छ ।
घर पठाइएका सबै अनिवार्य एक हप्ता होम क्वारेनटाइनमा बस्नु पर्ने उनको भनाई छ । पीसिआर नेगेटिभ देखिएका १ सय ६९ जनालाई १४ दिनको क्वारेनटाइनको अवधि पुरा गरे पछि पठाइने गाउँपालिकाले जनाएको छ ।





.jpg)