ट्रेण्डिङ

होमपेज / समाज

दार्माका ३२ जना क्वारेनटाइनबाट घर फर्किए

  प्रकाश शर्मा २०७७ जेठ २६ गते सोमबार १८:०१:११ मा प्रकाशित

प्रकाश शर्मा जेठ २६, सल्यान 
सल्यानको दार्मा गाउँपालिकाले भारतबाट आएका ३२ जनालाई क्वारेनटाइनबाट होम क्वारेनटाइनमा पठाएको छ ।

१२ गते संकलन गरिएको स्वाबको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई १५ दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नु पर्ने भन्दै घर पठाएको हो । सोमबार गरिएको आरडिटीको रिर्पोट पनि नेगेटिभ आएपछि ३२ जनालाई घर पठाइएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए ।

भारतबाट आएका दार्मा गाउँपालिकामा मात्र ३३ विद्यालयमा नागरिकहरु बस्दै आइरहेका छन् । विगत १५ दिनसम्म पनि स्वाबको रिर्पोट नआउदा क्वारेनटाइन व्यवस्थापन निकै समस्या हुने गरेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top