होमपेज / समाज
प्रकाश शर्मा जेठ २३, सल्यान
भारतका विभिन्न ठाउँबाट आई क्वारेनटाइनमा बसेका दार्मा ५० जना घर फर्किएका छन् । जेठ ८ गतेदेखि क्वारेनटाइनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको गाउँपालिकाले जनाएको छ ।
भारतबाट आएका ६६ जना मध्ये ९ जनामा पीसिआर रिर्पोट पोजेटिभ आएको थियो भने बाँकी ५० जनाको नेगेटिभ आएको थियो । पीसिआर रिर्पोटमा नेगेटिभ देखिएका ५० जनाको शुक्रबार आरडिटी परीक्षण गरिएको र आरडिटीको रिर्पोट पनि नेगेटिभ आएपछि घर पठाइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले बताए ।
होम क्वारेनटाइनमा थप एक हप्ता बस्ने गरी घर पठाइएको उनको भनाई छ । कोरोना पुष्टि भएका नौ जनाको आरडिटी टेष्ट गर्दा रिर्पोट नेगेटिभ नै आएको उनको भनाई छ ।





.jpg)