ट्रेण्डिङ

होमपेज / समाज

वृक्षा रोपण गरि मनाइयो सल्यानमा विश्व वातावरण दिवस

  संजिब शर्मा २०७७ जेठ २३ गते शुक्रबार १४:१९:४३ मा प्रकाशित

जेठ २३, सल्यान 
सल्यानमा वृक्षा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ ।

सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने मुल नाराका साथ यो वर्ष विश्व वातावरण दिवस मनाइएको छ । 
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय सल्यानको आयोजनामा शारदा सव डिभिजनको हाताभित्र वृक्षा रोपण गरिएको छ ।

वृक्षा रोपन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मानव जाति आफु बसदै आएको वातावरणको सर्जजक र विनाशक दुवै भएकाले वातावरण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण हुने बताए । वातावरण संरक्षणमा मानविय भूमिकालाई प्रवल बनाउने उद्देश्य सहित दिवस मनाउने गरिएको उनले बताए । 

जैविक विविधताको संरक्षणबाट नै मानवजातिको पनि अस्तिव रहने भएकाले वातावरण संरुक्षणमा सबै जुट्नु पर्ने बताए । 
यस्तै विश्व वातावरण दिवसको अवसरमा कुमाख गाउँपालिकामा पनि वृक्षा रोपन गरि मनाइएको छ । गाउँपालिकाको कार्यालय परिसरमा वृक्षा रोपन गरी दिवस मनाइएको हो । 
विकास र वातावरणबिच सन्तुलन हुन सके मात्र उन्नति दिगो र मानव उपयोगी हुन सक्ने गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । विकास वातावरण मैत्री हुनु पर्नेमा जोड दिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top