होमपेज / समाज
सञ्जीव शर्मा जेठ २०, सल्यान
कुमाख गाउँपालिकामा मकै बालीका लागेको फौजी किराको प्रकोप ९० प्रतिशतले कमी आएको छ । हिउदे र वर्षे मकै बालीमा फौजी किराको प्रकोपले आक्रान्त किसान विषादी प्रयोग पछि नियन्त्रणमा आएको किसानहरुले बताएका छन् ।
वर्षे मकै भन्दा हिउँदे मकैबालीमा फौजी किराको प्रकोप धेरै देखिएकोमा अहिले विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको किसान मेघ बहादुर शाहले बताए । कृषि विकास शाखाबाट लगिएको विषादीले ९० प्रतिशत किरा नियन्त्रणमा आएको उनको भनाई छ ।
फौजी किराको प्रकोप देखिएपछि इमामेक्टिन बेन्जोएड र नियमजन्य विषादी एजाडिराक्टिन नामक विषादी प्रयो गर्न सिफारिस गरिएको कुमाख गाउँपाकिला कुृषि शाखा प्रमुख गंगा वलीले जानकारी दिइन ।
पहिलो र दोस्रो चरणममै घरेलु र किटनाषक औषधी प्रयोग गरी फौजी किराको नियन्त्रण गर्न सकिने उनको भनाई छ ।
फौजी किराले आक्रान्त बनेका कुमाखका किसानहरु किरा नियन्त्रणमा आएपछि उत्साहित भएको कुमाख गाउँपालिका १ का किसान प्रकाश चन्दले बताए । उनले भने किराले सवै मकै खाइदिएपछि यो वर्ष मकै खाने माया मारेका थियौ तर औषधी प्रयोग गरेपछि किरा नियन्त्रणमा आएको छ ।





.jpg)