ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिकामा २७५ जना क्वारेनटाइनमा

  संजिब शर्मा २०७७ जेठ १८ गते आइतबार १८:४८:१५ मा प्रकाशित

सञ्जीव शर्मा जेठ १८, सल्यान 
भारतबाट आएका २ सय ७५ नागरिकहरुलाई कुमाख गाउँपालिकाले क्वारेनटाइनमा राखेको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका नागरिकहरु  बन्दाबन्दीका कारण जिल्ला फर्किने क्रम बढी रहेको छ । 

बन्दाबन्दीकै बिचको  एक हप्ताको विचमा २ सय ७५ जना गाउँपालिकामा भित्रिएको र सबैलाई क्वारेनटाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार जनता माध्यमिक विद्यालय रागेचौरमा १८ जना, मावि गुरुदासेमा ३० जना , नारायण मावि रुमालगाउँमा ४९ जना , सरस्वति आधारभुत विद्यालय मिलनचोकमा २९ जना, भेरी मावि टाट्केमा २५ जना रहेका छन् । 

यस्तै अरनिको मावि कोटनाउलामा १९, सरस्वति मावि झारकाँडामा ३९ जना, जनकल्याण मावि बडागाउँमा १४ जना, महेन्द्र मावि जिमालीमा ७ जना , मालिका प्रावि बारुलेमा २४ जना र महादेव प्रावि कैयनकाँडामा २३ गरी जम्मा २ सय ७५ जना क्वारेनटाइनमा बसी रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । 

भारतबाट नियमित रुपमा नागरिकहरु आउने क्रम चली रहेकाले क्वारेनटाइनको संख्या पनि बढाइने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top