होमपेज / समाज
संजीव शर्मा शर्मा ११ जेठ २०७७, सल्यान
आइतबार नेपालगञ्ज नाका हुदै आएका ६७ जनालाई गाउँपालिकाले क्वारेनटाइनमा राखेको छ ।
नारायण माध्यमिक विद्यालय रुमालगाउँमा २४ , अरनिको माध्यमिक कोटनाउलामा १४ जना सरस्वती माध्यमिक विद्यालय झारकाँडामा १४ जना र भेरी आधारभूत विद्यालय टाट्के १५ जना गरी ६७जनालाई क्वारेनटाइनमा राखिएको गाउँपालिकाले जनाएको छ । भारतबाट आएका सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेको गाउँपालिका अध्यक्ष दिलमाया गिरि बुढाको भनाई छ ।
रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका नागरिकहरु कोरोना भाइरसका कारण कामहरु बन्द भएपछि घर आउने क्रम जारी रहेकोले त्यसलाई मध्यनजर गर्दै सबै वडामा क्वारेनटाइन बेड तयारी अवस्थामा राखेको उनको भनाई छ । ।





.jpg)