होमपेज / समाज
सञ्जीव शर्मा १० जेठ २०७७, सल्यान
अमेरिकन फौजी किराको प्रकोपले सल्यानमा मकै बालीमा क्षति पु¥याएको छ । वर्षेबालीको रुपमा रहेको मकैमा फौजी किराको प्रकोप बढेपछि किसान समस्यामा परेका छन् ।
जिल्लाको कुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका लगायतका क्षेत्रमा फौजी किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा पहिलो पटक फौजी किराको प्रकोप देखा परेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।
फौजी किराको प्रकोप नियन्त्रण बाहिर गई सकेको उनको भनाई छ । उनले भने ‘पहिलो र दोस्रो चरणको अवस्थामा किटनाशषक औषधी प्रयोग गर्न सकिन्छ तर कुमाखमा तेस्रो र चौथो चरणमा पुगी सकेकोले नियन्त्रण गर्न समस्या छ ।’
पाखोबारीमा रोपेको मकैमा पनि प्रकोप फैलन सक्ने भएकाले सजकता अपाउन किसानलाई सुझाव दिइएको उनको छ । फौजी किरा मकैबालीमा लाग्ने पुतली समूहअन्र्तगत पर्ने किरा हो यो रातको समयमा बढी शक्रिया हुने गर्छ उनले बताए । मकैमा लागेको किराका कारण उत्पादनमा ७० देखि ८० प्रतिशत क्षति पु¥याउने उनको भनाई छ ।
कुमाख गाउँपालिकाको रागेचौर, स्थानीपिप्ली, शान्तिनगर, भण्डारखोला, झाँरकाँडा लगायतका क्षेत्रमा फौजी किराको प्रकोप बढी देखिएको छ ।
मकैले धानचौर गर्ने समयमा फौजी किराको प्रकोप देखिएको भण्डारखोलाका किसान मेघ बहादुर शाहले बताए । कुमाख गाउँपालिकाका करिब १ सय ८० घरधुरीले २२ हेक्टरमा लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।





.jpg)