होमपेज / समाज
प्रकाश शर्मा ९ जेठ २०७७,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले भारतबाट आएका २७ जनालाई क्वारेनटाइनमा राखेको छ । बिहिबार नेपालगञ्ज नाका हुदै आएका उनीहरुलाई क्वारेनटाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
त्रिवेणीको क्वारेनटाइनमा १९ र फारुलाचौरमा ८ जना गरी २७ जनालाई क्वारेनटाइनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख अमृत खड्काले जनाए । भारतबाट आएका सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेको उनको भनाई छ ।
रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका नागरिकहरु कोरोना भाइरसका कारण कामहरु बन्द भएपछि घर फर्कन थालेका छन् ।





.jpg)