ट्रेण्डिङ

होमपेज / समाज

कृषकहरुलाई विभिन्न फलफुलका बिरुवाहरु माग गर्न अनुरोध

  संजिब शर्मा २०७७ बैशाख ३१ गते बुधबार ०८:४०:१० मा प्रकाशित

संजिब शर्मा, ३१ बैशाख २०७७, 
कुमाख गाउँपालिका कृषि विकास शाखाले चालू आर्थिक बर्ष २०७६ २०७७ को बार्षिक  स्वीकृत कार्यक्रम अन्तर्गत फलफुल बगैँचा ब्यबस्थापन तथा बिरुवा  माग गर्न अनुरोध गरेको छ । 
 ७५ प्रतिशत अनुदानमा बर्षे फलफुल (सुन्तला, कागती, आँप र लिच्ची) खेती गर्न इच्छुक कृषक समूह ,कृषिसहकारी  र निजि फर्म बाट १५ दिनको सुचना निकालेर सो मितिभित्र दरखास्त दिन कृषि शाखाले अनुरोध गरेको छ ।


कृर्षक समूह कृर्षि सहकारीको हकमा बैठकको निर्णय र फोटोकपि र निजि  फर्महरुले फर्म दर्ताको फोटोकपि कृषक समूह कृषि सहकारीले फर्म दर्ता प्रमाणपत्र फोटोकपि र निजि फर्महरुले फर्म दर्ताको फोटोकपि र वडाको सिफारिस सहित कृषि बिकाश शाखा वा वडा कार्यालमा गई सूचना निकालेको १५ दिनभित्र निबेद दिन कृषि बिकास शाखा कुमाख प्रमुख गङ्गा वलिले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top