होमपेज / समाज
संजिब शर्मा, २९ बैशाख २०७७,
कुमाख क्षेत्रमा आइतबार साँझ तिब्र वेगमा आएको हावाहुरी र पानिका कारण तरकारी खेती र फलफूलमा क्षति पुगेको छ । तरकारी खेतीका लागि टेन्ट हावाले उडाएर फाल्दा टमाटार खेतिमा पूर्ण क्षती भएको छ । फल्नै लागेको सिमी,काक्रा, बोडी लगाएत तरकारी खेतिमा व्यापक क्षेति भएको छ भने पाखामा झन्डै ३ रोपनीमा व्यावसायिक रुपमा लगाएको आँपका विरुवाहरुमा फलेका आँपहरु पूर्णरुपमा हावाहुरीले क्षति पुर्याएको कुमाख गाउँपालिका ३ का किसान धन बहादुर हमालले बताए । आफ्नो तरकारी र आँप खेति गरी झन्डै पचास हजारको बराबरको क्षती भएको हमालले बताए ।
कुमाख –३ कै किसान हुतिराम के.सीले पनि हिजो साझ पाँच बजेतिर आएको हावाहुरीले तरकारी र फलफुलमा क्षति पुर्याएको बताए । व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएका कुमाख–२ का अर्का किसान काँसिराम रावतले पनि आफुले बारीमा लगाएको टमाटर, सिमी, काक्रा र बोडीमा व्यापक रुपमा क्षेति पुर्याएको बताएका छन् ।





.jpg)