ट्रेण्डिङ

होमपेज / समाज

कोरोना : करेसाबारी सजिए, पुस्तकका पाना पल्टिए

  संजिब शर्मा २०७७ बैशाख ६ गते शनिबार १७:४७:२५ मा प्रकाशित

सञ्जिव शर्मा वैशाख ६, सल्यान 
कुमाख गाउँपालिका  ३ रागेचारैका  ओपेन्द्र बुढाथोकी  पेशाले शिक्षक हुन । कुमाख गाउँपालिकाको एक  प्राथमिक विद्यालयमा अध्ययापन गराउदै आइरहेका थिए । बिहानै खेतबारीको काम गर्नु  र बेलुका अबेर घर  फर्किनु उनको दैनिकी थियो ।  


कक्षा चहार्दै लखतरान भएर घर फर्किदा घरका सदस्यहरु बिच खुलेर घरायसी विषयमा छलफल गर्ने मौका मिलेको थिएन । परिवारका सदस्यहरुसँग निकट रहन, खेल्न र रमाउने मौका पनि कमै थियो । 


शनिवारको एक दिन पनि सामाजिक भेटघाट कतै मिटिङ जसका कारण सदस्यरुसँग समय विताउने अवस्था नै थिएर तर अहिलेको बन्दाबन्दीले उनीहरुको परिवारमा नयाँ अबसर दिएको छ । घरका परिवारसँग छलफल गर्ने, सँगै परिवारका सदस्य बसेर मिठोमसिनो खाने  समय मिलेको छ । पढाउने र अन्य काममा यति व्यस्त भइयो कि घरमा परिवारसँग खाना खाजा बनाउने पनि रमाइलो हुने रहेछ । बन्दाबन्दीको अवधिमा धेरैले काम सिक्ने र सिकाउने मौका प्राप्त हुनुका साथै परिवारलाई बुझ्ने मौका पनि रहेको उनको भनाई छ । 


यस्तै सुशिला केसीको दैनिकी यतिबेला फेरिउको छ । सुर्खेतमा डिप्लोमा सिभिल इन्जिनियर प्रथम बर्षमा अध्ययरत केसी गाउँ फर्किए पछि घरपरिवारमा व्यस्त हुन थालेकी छन् । सुर्खेतको डेरामा बस्दा कलेजको समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी सुशिला गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर वित्ने गरेको छ । 


हुन पनि यतिबेला गाउँघरमा मल बोक्नने, खेतीपाती लगाउने र पाकि सकेको खेती भित्र्याउने चटारोमा छन् । किसान यहि चटारोको मेसोमा गाउँ आएकी सुशिलाले घरपरिवारसँगै  खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताइन । 


अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाट लागि गाउँ डुल्ने गरेकी उनी यतिबेला भने परिवारमै सिमित रहेकी छन् । उनले भनिन अरुबेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यतिबेला कोरोना भाइरस संक्रमणको त्रासले घरमै बस्ने र परिवारसँगै घरको काम गरेर दिन विताउने गरेकी छु । 
परीक्षा हुँदा हुँदै बिचमै रोकिएकाले बाँकी परीक्षाको टुंगो नभएपनि फुर्सदमा पुस्तक अध्ययन गर्ने शिक्षकको निममित सम्पर्कमा रहेको बताइन । 


लकडाउनको समयमा कोही छोराछोरीसँग समय विताउदै छन् भने कोही करेसाबारीमा तरकारी उमार्न व्यस्त छन भने कोही  पुस्तकका पाना पल्टाइ रहेकका छन् । दैनिक कोर्षको किताब मात्र विद्यार्थी पढाई रहदा वाक्क मानेका  शिक्षक टिकाराम लामिछाने बाह्रय पुस्तक अध्ययन गर्न व्यस्त छन् । कोरोना भाइरसका कारण केही पिडाको अनुभुति भएपछि लकडाउनलाई उपयोग गरी रहेको उनको भनाई छ । 


साँझ बिहान करेसाबारीमा तरकारी गोडमेल र दिउसो विभिन्न लेखकहरुले लेखेका उपन्यास, कथा अध्ययन गरी रहेको उनको भनाई छ । करेसाबारीको तरकारी, फलफूललाई नजिकबाट नियाल्ने मौका पाएको उनको भनाई छ । बारीमा काम गर्न असाध्यै मनपर्छ  लामिछाने भन्छन् सरकारले घोषणा गरेको  लकडाउनले मलाई त घर परिवारसँग रमाउन अवसर दिएको जस्तो लागि रहेको छ । 


कृषि र घरपरिवार बना मानिसको जीवन सम्भव छैन भन्ने उनको बुझाई छ । आफ््नो दैनिकीलाई घरपरिवार माँझ बिताउन पाउँदा निकै हर्षित भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top