होमपेज / समाज
संजीव शर्मा बैशाख २, सल्यान
नेपाल रेडक्रस सोसाइटी उपशाखा रागेचौरले कुमाख गाउँपालिकालाई क्वारेनटाइनमा चाहिने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वमा तिबै गतिमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै रेडक्रसले सामाग्री हस्तान्तरण गरेको हो ।
देशभर राहत सामाग्री वितरण भईरहेको समय कुमाकमा पनि नेपाल रेडक्रस सोसाइटी उपशाखा रागेचौरले क्वारेन्टाइन ब्यबस्थापनमा चाहिने आबश्यक सामग्री २५ थान कम्बल, बाल्टी ४ थान, मग ४ थान त्रिपाल २ थान,र साबुन १० वटा हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा रागेचौरका सभापति राम कुमार लामिछाने ले बताए ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न यस प्रकारकाले सामाग्रीले थेरै सहयोग पुग्ने सचिब भुबनेश्वर शर्माले बताए । सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरीले विभिन्न दाताहरुकबाट संकलन भएको सहयोग लक्षित वर्गमा नै प्रयोगमा ल्याउने बताइन ।
एकद्धार प्रर्णालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थाहरुलाई पनि सहयोग गर्न अपिल गरिन । थोरै रकम भएपनि विपद्को बेलामा सहयोग गर्नसमेत उनले आग्रह गरिन ।





.jpg)