ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकाले विदेशबाट आएका सबैकोे नमुना परीक्षण गर्ने

  प्रकाश शर्मा २०७६ चैत्र २५ गते मंगलबार १९:२३:०२ मा प्रकाशित

प्रकाश शर्मा चैत २५, सल्यान 
दार्मा गाउँपालिकाले  तेस्रो मुलुक र भारतबाट फर्किएका व्यक्तिहरुको नमुना परीक्षण गर्ने भएको छ ।
 चैत १ गतेदेखि तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरको भोली (बुधबार) नमुना परीक्षण गरिने दार्माले जनाएको छ । 
जनज्योति माध्यमिक विद्यालयमा बुधबार बिहान देखि कोरोना भाइरस सक्रमणका लागि नमुना परीक्षण गरिने गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले सल्यान खबरलाई जानकारी दिए । 
चैत १ गतेदेखि तेस्रो देश र छिमेकी देश भारतबाट आएका व्यक्तिले अनिवार्य नमुना परीक्षण गर्नु पर्ने बताए । रोजगारीका लागि देशकै विभिन्न जिल्लामा पुगेका व्यक्तिको हकमा कोरोनाको कुनै लक्षण देखिए आउन सकिने बताएका छन् । 
दार्मा गाउँपालिकामा हालसम्म भारतबाट १ सय ५३, तेस्रो देशबाट सात जना गरी एक सय ६० जना आएका छन् भने विभिन्न जिल्लाबाट २ सय ४४ जना आएको अरुणको भनाई छ । 
गाउँपालिकामा हालसम्म होम क्वारेनटाइनमा १ सय ६८ बसी रहेका छन् भने २ सय ३६ जनाले १४ दिनको अवधि पुरा गरेको उनको भनाई छ । १४ दिन अवधि पुरा गरेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अरुणले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top