ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा तीन सय छ जना होम क्वारेनटाइनमा

  प्रकाश शर्मा २०७६ चैत्र २० गते बिहीबार १६:४९:०२ मा प्रकाशित

प्रकाश शर्मा चैत २०, सल्यान ।
 जिल्लाको दार्मा गाउँपालिकामा भारत लगायत विभिन्न देशबाट आएका ३ सय ६ जना होम क्वारेनटाइनमा बसेका छन् ।  कोराना भाइरस (कोभिङ १९) ले विश्वभर महामारी लिएपछि स्वदेश फर्किएका ३ सय ६ होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 
विदेश गएका व्यक्तिहरुको तथ्यांक संकलन गरी उनीहरु होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाका निमित्त प्रशासकिय प्रमुख अमृत खड्काले बताए । होम क्वारेनटाइनमा बसेका सबै गाउँपालिकाको सम्पर्कमा रहेको उनको भनाई छ ।
दार्मा गाउँपालिकाको वडा न १ मा ५२, वडा न २ मा ३७, वडा न ३ मा ५७, वडा न ४ मा ६०, वडा न ५ मा ५० र वडा न ६ मा ४९ गरी ३ सय ६ जना क्वारेनटाइनमा बसी रहेका छन् । यस्तै ५० जना १४ दिन अवधि पुरा गरेका बसी रहेको खड्काको भनाई छ । उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनको भनाई छ । 
होम क्वारेनटाइनमा सबै भन्दा धेरै स्वदेशका विभिन्न जिल्लामा पुगेरका फर्र्किका छन् ।स्वदेशका विभिन्न जिल्लाबाट आएका ३ सय ५६ जना क्वारेनटाइनमा बसी रहेका छन् । यस्तै भारतबाट १ सय ३९, मलेशियाबाट ३, कतारबाट २, साउदीबाट १  रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top