ट्रेण्डिङ

होमपेज / समाज

दार्मामा उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी तिन दिने तालिम सुरु

  प्रकाश शर्मा २०८० पौष १९ गते बिहीबार १९:०७:५३ मा प्रकाशित

प्रकाश शर्मा पुस १९, दार्मा 

दार्मा गाउँपालिका वास इकाई शुस्वाको आयोजनामा  दार्मा गाउँपालिकामा उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । 

  तीन दिनसम्म  सञ्चालन गरिने तालिममा  दार्मा गाउँपालिका भित्रका ६ वटा खानेपानी योजना समितिका पदाधिकारी ,पाँच  सामुदायिक  विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष  ,६ वटै वडाका वडाध्यक्षहरू गरी जम्मा ४० जना सहभागी  रहेका छन्  ।  

दार्मा गाउँपालिकामा वासइकाइ सु स्वा परियोजनाबाट निर्माण गरिने योजनाहरू कसरी दिगो बनाउने, उपभोक्ता समिति कसरी  समावेशी बनाउने ,  कति जनाको समिति निर्माण गर्ने, समिति भित्रका पदाधिकारी  भूमिका कस्तो रहन्छ, योजना निर्माण पस्चात  संरक्षणको व्यवस्था  कसको रहने लगायतका विषयमा तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।  

यस्तै योजना निर्माणमा प्रयोग हुने सामानको गुणस्तर  तथा परिणाम कस्तो हुन्छ, योजना निर्माणमा सामान खरिद प्रक्रिया कसरी सहज र सरल गर्न सकिन्छ,योजना निर्माण गर्दा उपभोक्ता मितिकोको जिम्मेवारी  कस्तो रहन्छ, योजना निर्माणमा जन श्रमदान उपभोक्ताको सहभागिता र कति र कसरी गर्ने  ,   

योजना सम्झौता कसरी गर्ने, आवश्यक  डकुमेन्ट्री  के के रहने, योजना को रकम भुक्तानी  प्रक्रिया  र चाहिने डकुमेन्ट्री   के के हुन भनी उपभोक्ता   अलमलिनु नपरोस र समयमै दिगो योजनाहरू सम्पन्न  हुने उद्देश्यका साथ  तालिम सञ्चालन गरिएको दार्मा गाउँपालिका शुस्वा इकाई अधिकृत प्रकाश थापाले जानकारी दिनु भयो ।  

सु स्वा परियोजना वास परिचालक पुष्पा रोकायको सहज करणमा सञ्चालन रहेको तालिम  पुस २० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top