ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा ३ सय २४ होम क्वारेनटाइनमा

  प्रकाश शर्मा २०७६ चैत्र १८ गते मंगलबार १८:०२:३० मा प्रकाशित

प्रकाश शर्मा चैत १८, सल्यान । जिल्लाको दार्मा गाउँपालिकामा भारत लगायत विभिन्न देशबाट आएका ३ सय २४ जना होम क्वारेनटाइनमा बसेका छन् ।  कोराना भाइरस (कोभिङ १९) ले विश्वभर महामारी लिएपछि स्वदेश फर्किएका ३ सय २४ होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 

विदेश गएका व्यक्तिहरुको तथ्यांक संकलन गरी उनीहरु होम क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाका निमित्त प्रशासकिय प्रमुख अमृत खड्काले बताए । होम क्वारेनटाइनमा बसेका सबै गाउँपालिकाको सम्पर्कमा रहेको उनको भनाई छ ।

दार्मा गाउँपालिकाको वडा न १ मा ६०, वडा न २ मा ४०, वडा न ३ मा ५९, वडा न ४ मा ७५, वडा न ५ मा ५२ र वडा न ६ मा ३८ गरी ३ सय २४ जना क्वारेनटाइनमा बसी रहेका छन् । यस्तै १६ जना १४ दिन अवधि पुरा गरेका बसी रहेको खड्काको भनाई छ । 


स्वदेश फकिएका अधिकांस भारतबाट आएका रहेका छन् । भारतबाट १ सय ३९, मलेशियाबाट ३, कतारबाट २, साउदीबाट १ र स्वदेशभित्र विभिन्न जिल्लामा पुगका १ सय ८५ जनाको नाम संकलन गरी क्वारेनटाइनमा बसी रहेको दार्मा गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top