होमपेज / समाज
सञ्जिव शर्मा चैत १४, सल्यान
जिल्लाको कुमाख गाउँपालिका कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न गाउँपालिकाका प्रत्येक घरधुरी सदस्यलाई साबुन वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुनपानीले नियमित हात धुने भएकाले गाउँपालिका भित्रका सबै घरधुरीमा साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरीले बताइन । गाउँपालिकाका सात वटै वडामा वडा अध्यक्ष र स्वास्थ्यकर्मी घर घर पुगेर साबुन वितरण गरिएको उनको भनाई छ । साबुन वितरण गर्ने मुख्य काम भन्दा पनि जनचेतना दिन र हात धुने तरिका सिकाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबै घरमा पुगेको उनको भनाई छ ।
आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने पहिलो र महत्वपूर्ण कार्य भनेको साबुनपानीले मिचिमिचि हात धुनु रहेको छ उनले बताइन । विश्व नै समस्यामा परेको अवस्थामा साबुन बोकेर नागरिकको घरदैलोमा पुगेको उनको भनाई छ । कुमाख गाउँपालिकामा ३३, ३४७ जनसंख्या रहेको छ । कोरोना भाइरस सम्बन्धि चेतना जगाउन गाउँ गाउँमा माइकिङ समेत भई रहेको अध्यक्ष बुढाले बताइन ।





.jpg)