होमपेज / समाज
पुस २४,सल्यान
सल्यानको दार्मा गाउँपालिकाका विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । पालिकाभित्रका एक महिला, ज्येष्ठ नागरिक तथा दलित महिलाहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत एक लाख असी हजार रुपैयाँबाट गाउँपालिका भित्रका ६० जना अति विपन्न, ज्येष्ठ नागरिक तथा एकल महिलालाई चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्लले जानकारी दिनु भयो ।
उपाध्यक्ष जुना मल्लले दार्मा गाउँपालिका भित्रका अति विपन्न नागरिकहरूको समस्या समाधान गर्न कै स्थानिय सरकारलागि परेको बताउनु भयो । आफू निर्वाचित भएर आए देखी विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला तथा दलित महिलाको उत्थानका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनु भयो ।
जाडो मौसममा गाउँपालिकाले प्रत्येक वडाको सिफारिसमा १०÷१० जना अति विपन्न, ज्येष्ठ नागरिकहरूको लागि न्यानो कपडा वितरण गर्दै आइरहेको दार्मा गाउँपालिका महिला बाल बालिका तथा सामाजिक विकास शाखा प्रमुख यमुना खड्काले जानकारी दिनु भयो । पालिकाबाट समय समयमा सहयोग पाइरहेको बताउँदै अझै पनि गरिब र निमुखाको पक्षमा काम गर्न पालिकालाई आग्रह गर्नु भयो ।
यस्तै न्यानो कपडा बुझ्दै दार्मा गाउँपालिका ३ का १०४ वर्षीय टिकाराम दमाईले जाडोमा न्यानो कपडा पाउँदा निकै खुसी लागेको बताउनु भयो । विगतमा पालिकाबाट सहयोग पाइरहेको बताउँदै गरिब र निमुखाको पक्षमा काम गरी रहन आग्रह गर्नु भयो ।





.jpg)