ट्रेण्डिङ

होमपेज / समाज

वडाध्यक्ष पुरीद्धारा वृद्धलाई बैसाखी र विद्यार्थीलाई खेलकुद सामाग्री प्रदान

  पदम थापा २०७९ भाद्र २८ गते मंगलबार १४:२१:०८ मा प्रकाशित

पदम थापा भदौ २८,सल्यान
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुल बहादुर पुरीले आफ्नै लगानीमा वृद्धलाई बैसाखी र विद्यार्थीलाई खेलकुदका सामाग्री प्रदान गर्नु भएको छ ।

मंगलबार वडाध्यक्ष पुरीले ८० वर्षीय सोबे कंवरलाई बैसाखी प्रदान गर्नु भएको हो । वृद्धलाई हिडडुल गर्न सहज होस भन्ने उद्देश्यका साथ आफ्नै लगानीमा  बैसाखी प्रदान गरेको वडाध्यक्ष पुरीले बताउनु भयो । कंवर केही वर्ष अघि रुखबाट लडेर हिड्न नसक्ने हुनृु भएको थियो । आफ्नो छोराछोरीले भन्दा बढी माया गरेकोमा वृद्धा कंवरले वडाध्यक्षलाई धन्यवाद ज्ञापन गरेका छन् । 

यस्तै बनगाड कुपिण्डे न. पा ८ बाबियाचौरमा रहेको  नव ज्योती माध्यमिक विद्यालयमा पनि  २ वटा बल र एउटा नेट आफ्नै लगानिमा  हस्तान्तरण गर्नु  भएको छ ।  गत वर्ष पनि उहाँले आफ्नै लगानिमा वर्षा याममा जीर्ण बनेको भएको ज्यामिरे बाबियाचौर बाटो मर्मत गर्नु भएको थियो्र । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top