होमपेज / समाज
पदम थापा साउन १२, सल्यान।
सल्यानमा सर्पको टोक्दा एक बालकको मृत्यु भएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ भंगेरि घर भै शारदा नगरपालिका वडा न. ६ बरला बस्दै आएका १३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
बस्नेतलाइ हिजो राती १० बजे सर्पले टोकेको थियो। आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजे तिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताउनु भयो ।





.jpg)