होमपेज / समाज
पदम थापा साउन ११ सल्यान
मंगलबार मध्यान्ह साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता युवा को शव भेटिएको छ । दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेतकाे बुधबार दिउँसाे शव भेटिएकाे हाे ।
तालमा खसेर बेपत्ता भएपछि उनकाे सुर्खेतबाट आएको सशस्त्र बलको गोताखोरको टोलि र सुरक्षाकर्मीले खाेजिकार्य गरेका थिए । बस्नेत खसेकाे ठाउँदेखि १५ मिटर पश्चिमकाे तल गहिराइमा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।
मंगलबार बिहान साथीसँगै कुपिण्डे ताल घुम्न आएका उनि तालको छेउमा उभिएर टिकटक बनाउने क्रममा चिप्लिएर खसेका थिए ।
कुपिण्डे तालमा यसअघि पनि पाैडी खेल्ने क्रममा एकजनाकाे डुबेर ज्यान गएकाे थियाे ।





.jpg)