होमपेज / समाज
असार २४,सल्यान ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा ९ को सेरा , स्वारा , गिठाचौर र जयतपानीको बिधालयमा फलफुलका बेर्ना वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ को पहलमा तथा स्थानीय बुद्धिजीवी को पहलमा र बिधालय व्यवस्थापन समेतिको पहलमा वडाका ४ वटै बिधालयमा फलफुलका बिरुवा वृक्षरोपण गरिएको हो ।
आजको वृक्षरोपण कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष श्री रुद्र बहादुर परियारले ( रुख रोपौ स्वस्थ बनौ) भन्ने नाराका साथ कोदालिले खन्दै रुखको बिरुवा रोपनु भएको थियो तेस्तै यसै कार्यक्रमको आबसर पारी लिडर ओभरसिज प्रा .ली का प्रवन्ध निर्देशक श्री मनोज मगर आफ्नो व्यक्तिगत तर्फबाट बल नेट पनि उपलब्ध गराउनु भएको थियो ।





.jpg)