ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट

  पदम थापा २०७९ जेठ २३ गते सोमबार २१:००:२० मा प्रकाशित

पदम थापा, जेठ २३,सल्यान 

सल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ रातामाटाको पुरानो स्वरा बस्तीमा डढेलो पस्दा स्थानीय तिल बहादुर बस्नेत र खिमलाल बस्नेतको घर जलेर नष्ट भएको हो । 

स्थानीय लालीगुराँस सामुदायिक वनमा लागेको आगो मङ्गलवार दिउँसो बस्तीमा पसेको थियो । डढेलोले घरमा आगलागी हुँदा गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको पीडित तिल बहादुर बस्नेतले जानकारी दिनु भयो । आगलागीबाट दुई जनाको झन्डै दस लाख बढीको क्षति भएको उहाँको भनाई छ । 

सुख्खा मौसम सुरु भएसँगै जिल्ला धेरै वनमा डढेलो लागि रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top