होमपेज / समाज
पदम थापा चैत्र २५
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ सेराको रुपाखानीमा घर नजिकैको पाली जलेर नष्ट भएको छ । शुक्रवार बिहान अकस्मात् लागेको आगोले स्थानीय तेज बहादुर बुढाथोकीको पाली जलेर नष्ट भएको हो ।
आगलागीबाट मानवीय क्षति नभए पनि पाली भित्र रहेका डोका, डाला, कुटा , कोदाली दाउराहरू पूर्ण रूपले जलेर नष्ट भएको पीडित बुढाथोकीले बताए । आगोले लम्काले घरमा सुकाएर राखेको लत्ता कपडा जलेर नष्ट भएका छन् । आगो स्थानीयले पानीको साहयताले एक घण्टा पछि नियन्त्रणमा लिएका थिए ।





.jpg)