होमपेज / समाज
हिमाल शर्मा फागुन १७,सल्यान
सल्यानको शारदा नगरपालिका १२ रेशमज्युलामा हुँडार मृत फेला परेको छ ।
स्थानीय खेतमा घाँस काट्न जाँदा शारदा नगरपालिका १२ रेशमज्युलाको कुलोमा मृत्त फेला परेको हो । कुलोमा जनावरलार्ई मृत अबस्थामा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सितलपाटी सल्यानमा खबर गरेका थिए ।
डिभिजन वन कार्यालय सल्यानका अनुसार उक्त हुँडार लोपोन्मुख जनवार भित्र पर्दछ । बढ्दो शहरीकरण, विकास निर्माणका कारण बिरालो प्रजातिको हुँडार लोप हुँदै गइरहेको डिभिजन वन कार्यालय सल्यानका डिभिजन प्रमुख रमेश गिरीले जानकारी दिए ।





.jpg)