ट्रेण्डिङ

होमपेज / समाज

वर्षातमा अवरुद्ध बनेको सडक अझै खुलेन

  पदम थापा २०७८ पौष १४ गते बुधबार १५:५६:०३ मा प्रकाशित

पदम थापा पुस १४,सल्यान 

 सेरा– सोरा– गिठाचौर –ढोरपिपल जोड्ने ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दा समेत अझै मर्म सम्भार हुन सकेको छैन । वर्षातको समयमा अवरुद्ध बनेको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउने तर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

 वर्षातका कारण सडकको ठाउँ ठाउँमा पहिरो र सडक बगाउँदा सडक अवरुद्ध बनेको चार पाँच महिना भइसक्दा समेत सडक मर्मतका लागि बनगाड कुपिण्डे नगरपालिका बेखर हुँदा स्थानीयले सास्ती व्यहोर्दै आइरहेका छन् । सडक अवरुद्ध भएको लामो भइसक्दा समेत सडक मर्मत सम्भार नहुँदा वडा कार्यालय तथा सदरमुकाम पुग्न दुई तीन घण्टा हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय डिल बहादुर बोहराले बताए । 

नगरपालिकालाई सडक मर्मत सम्भारका लागि पटक पटक अनुरोध गर्दा पनि आश्वासन मात्र पाउने गरेको उनको गुनासो छ । उनले भने कहिले मेसिन बिग्रिएको कहिले अपरेटर नभएको भन्दै नगरपालिकाले टार्दै आई रहको छ । 

सडक मर्मत नहुँदा गाउँमा कोही बिरामी हुँदा दुई तीन घण्टा स्टेचरमा बोकेर अस्पतालसम्म पु¥याउनु पर्ने बाध्यता रहेको बोहराले बताए । उनले भने ‘गाउँमा पनि गाडी आउने भयो भनेर खुसी भएका थियौ तर त्यो खुसी धेरै दिन नै टिक्न सकेन ।’ 

पालिकालाई वडाबाट पनि सडक खुलाउन आग्रह गरेको भएपनि कुनै सुनुवाइ नभएको वडा सदस्य चावल सिंह वि.कले बताए । सडक मर्मतमा कुनै पक्षले पनि चासो नदिएपछि स्थानीय बासिन्दालाई जनश्रमदान गराएर सडक खुलाउने तयारी भएको वि.कले बताए । जयतपानी बालुवासंग्रही सडक खण्डको वैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडक मर्मत सम्भारका लागि कुनै पक्षले चासो नदिनु विडम्बना भएको वि.कले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top