ट्रेण्डिङ

होमपेज / समाज

दार्मामा १८६५जनाको फोटो सहितको मतदाता नामावली संकलन

  प्रकाश शर्मा २०७८ मंसिर २६ गते आइतबार १६:४६:२६ मा प्रकाशित

प्रकाश शर्मा मंसिर २६,सल्यान 
आउँदै गरेको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा दार्मा गाउँपालिकाका १ हजार ८ सय ६५ जनाले आफ्नो नामावली दर्ता गराएका छन् ।

अभियानकै रुपमा सञ्चालन भएको विशेष कार्यक्रममा दार्मामा नयाँ मतदाताका रुपमा १ हजार ८ सय ६५ जना थपिएका हुन । 
निर्वाचन कार्यालयका अनुसार १७ गतेदेखि सञ्चालन भएको कार्यक्रममा आज अन्तिम दिनसम्म पुरुष ९८४  र महिला  ८८१ जनाले नामवली फारम भरेका छन् ।

 आँउदो निर्वाचनको  तयारी र इलाका प्रशासन कार्यालय थारमारेबाट नागरिकता बनाएका सेवाग्राहीलाई मध्यनजर  गरी कार्यक्रम  सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयका दर्ता अप्रेटर इन्द्रबहादुर बस्नेतले जानकारी दिए । मतदाता नामावली संकलन कार्यक्रममा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top