होमपेज / समाज
प्रकाश शर्मा भदौ ११,सल्यान
सल्यानको दार्मा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार दार्मा गाउँपलिका –५ का अन्दाजी ५० वर्षीय बम बहादुर खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बैकबाट पैसा निकाल्न भनी फारुला गएका खत्री अबेरसम्म घर नआएपछि गएराती देखिनै परिवारले खोजी गरी रहेका थिए । शुक्रबार बिहान वडा न ५ कै साउनेखोला स्थित साउनेखोलामा उनी मृत फेला परेका थिए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । घटनाको विषयमा छानविन सुरु गरिएको उनको भनाई छ ।
यस्तै गत असार १ गते वडा न ५ गौतकी ३० वर्षीया खिमा खत्रीको अहिलेसम्म छानविन हुन सकेको छै्रन । उनीपनि बैकबाट पैसा लिएर घर फर्किनेक्रममा हराएकी थिइन । उनको बलात्कार पछि हत्या भएको परिवारले उजुरी दिएपनि दुई महिना भन्दा बढी भईसक्दा समेत घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन ।





.jpg)