होमपेज / समाज
प्रकाश शर्मा साउन २८,सल्यान
अन्तरािष्ट्रय युवा दिवसको अवसरमा दार्मा गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता भएको छ । दार्मा गाउँपालिकाको कार्यालय सल्यान र शुसासनका लागि युवा मञ्च दार्माको आयोजना ,दलित विकास समाज सल्यानको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
दार्माको विकास र सम्बृद्धिका लागि युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोतिामा १० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दार्मा गाउँपालिका २ की प्रतिमा रोका केसी प्रथम, द्धित्तिय वडा न ५ का मान बहादुर खड्का र तित्तिय वडा ३ की विद्या शर्मा भएकी छन् । प्रथम, द्धितिय र तृत्तिय हुने सहभागिलाई प्रमाण पत्र र नगद प्रदान गरिएको छ ।
कार्यक्रममा दार्मा गाउपालिका उपाध्यक्ष टीका शर्मा ओली ,दार्मा गाउपालिका वडानं ३ का वडाध्यक्ष सेतिराम रोकाह ,निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का , शिक्षा साखा प्रमुख सेर प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थिायो ।





.jpg)