ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मामा सुनौलो हजार दिनका आमालाई पोषण आहार वितरण

आमाको दूध बच्चाको लागि अमृत समान

  प्रकाश शर्मा २०७८ श्रावण २३ गते शनिबार १२:५४:१० मा प्रकाशित

प्रकाश शर्मा साउन २३,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त आहार वितरण गरेको छ । विश्व स्तनपान सप्ताहको अवसरमा उँपालिकाले पालिकामा रहेका सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको हो । 

गाउँपालिकाका ६७ आमालाई पौष्टिक आहारा पिठो वितरण गरिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए । गाउँमा सुत्केरी भएका र गर्भवति भएका आमाले पौष्टिक युक्त खानेकुरा खान नपाएमा बच्चालाई कुपोषण तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पौष्टिक आहार वितरण गरिएको उनको भनाई छ । 

पालिकाले उक्त कार्यक्रम लागु गरी पोषणयुक्त खानेकुरा वितरण गर्न थालेपछि सुनौलो हजार दिनका आमा र उनका घरपरिवार निकै खुशी भएका छन् । 

आमाको दूध बच्चाको लागि अमृत समान

 आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । तर पछिल्लो समयमा आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आएको छ । चिकित्सकहरुका अनुसार आमाको बिगौती दूध शिशुका लागि पहिलो खोप हो । विभिन्न अध्ययन अनुसार स्तनपानका फाइदाहरु छन् स्
१। बच्चालाई बिभिन्न रोगबाट बचाउछ ।

२। बच्चाको शारीरिक र मानसिक बिकास राम्ररी हुन्छ ।
३। आमालाई स्तन क्यान्सर हुनबाट बचाउँछ ।
४। बच्चा जन्माउन स्तनपान गराउँदा पाठेघर सामान्य अवस्थामा फर्कन मद्धत गर्छ ।
५। आमाको दूधले बच्चाको दिमागको पूर्ण विकास हुन्छ ।
६। आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ ।
७। आमाको अनावश्यक तौल हुनबाट रोक्दछ ।
८। प्रसूती अवस्थामा भएको रक्तश्राव कम हुन्छ ।
९। बच्चालाई झाडापखालाबाट बचाउ“छ ।
१०। बच्चाको आन्द्राको बिकास गर्न सहयोग गर्छ ।
११। आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे६, प्राटिन र चिल्लो पदार्थ पाइन्छ ।
१२। आमा र बच्चा दुबैलाई निन्द्रा लगाउँछ ।
१३। बच्चाको मृत्युदर कम हुन्छ ।
१४। बच्चाको दात र गिजाको पनि विकास गर्न मदत गर्दछ ।
१५। बच्चाको दात बलियो हुन्छ ।
१६। बच्चामा बोली छिटो आँउछ ।
१७। बच्चामा छाला रोगको संभावना कम हुन्छ ।
१८। आमाको महिनावारी गडबढ हुनबाट रोक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top