होमपेज / समाज
प्रकाश शर्मा असार २९,सल्यान
बलात्कार पछि हत्या गरिएकी भनिएकी दार्मा गाउँपालिका ५ गौतेकि खिमा खत्रिको परिवारले हत्यारा छिटो पत्ता लगाई कानुनी कारवाही अघि बढाउन दार्मा गाउँपालिकालाई ध्यानाकर्षण गराएका छन् । \
हत्या भएको ३० दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै पिडितका परिवारले गाउँपालिकामा ध्यानाकर्षण गराएका हुन ।
खिमा खत्रिका श्रीमान खिम बहादुर खड्काले हत्या भएको ३० दिन पुग्दा पनि हत्यारा पत्ता नलागेकोमा दुख लागेको बताए । ।सोमबार दार्मा गाउँपालिकालाई ध्यानाकर्षण गराउदै खड्काले हत्यारा खुलेआम हिडि रहेको बताए । यथासिघ्र हत्यारा पत्ता लगाइ कानुनी कार्बाही गर्न सुरक्षा निकायलाई अनुरोध गरी दिन समेत आग्रह गरेका छन् ।
दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसीले हत्यारा पत्ता लगाउने मुख्य स्रोत घटना स्थल भएको र यहाँका समाजले सहयोग गर्नु पर्ने बताए । आफूँले सुरक्षा निकायलाई दोसि यथासिग्र पत्ता लगाउन जोडदार माग गर्दै आइरहेको आफूँले यसमा कुनै कसुर नरहने गरि सहयोग गर्ने बताए ।
जेठ ३० गते हराएी २७बर्षिय खिमा खत्रिको असार १ गते नजिकैको दार्मा खोलामा मृत अबस्थामा शव फेला परेको थियो ।





.jpg)