होमपेज / समाज
प्रकाश शर्मा जेठ २६,सल्यान
सल्यानको दार्मा गाउँपालिकामा २२ औं राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
महामारुी विरुद्ध अग्रसरता, खानेपानी, सरसफाइ र स्वच्छता भन्ने मुल नाराका साथ यस वर्ष कोरोना महामारीका बिचमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सरसफाइ सप्ताहको अवसरमा गाउँपालिकाका बस्तीहरुमा पुगी सरसफाइ सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै हात धुने ६ तरिका पनि सिकाइएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्माका अध्यक्ष अनन्त प्रसाद शर्माले जानकारी दिए । ६ तरिकाले हात धुने तरिकासँगै २ सय १४ जनालाई हात धुने साबुन र मास्क वितरण गरिएको उनको भनाई छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले सरसफाइलाई झनै महत्व बढाएको शर्माको भनाई छ । सरसफाइबाट नै ९० प्रतिशत भन्दा बढी रोगहरु नियन्त्रण गर्न सकिने उनले बताए ।





.jpg)