होमपेज / समाज
प्रकाश शर्मा जेठ २३,सल्यान
चौरजहारी मिसन अस्पताल रुकुम पश्चिमले सल्यानको दार्मा गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ । आइतबार दुई लाख ५० बराबरको दुई थान कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो ।
कन्सन्ट्रेटर मेसिन बुझ्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले भाइचारा सम्बन्ध र एकापसमा सहयोग आदानप्रदान निरन्तर जारी रहने बताए । मेसिन उपलब्ध गराउने सहयोग गर्ने लागि मा। जनार्दन शर्मा,मेयर विशाल शर्मा,अस्पताल सञ्चालन समितिका अध्यक्ष डिलबहादुर गिरी,चौरजहारी अस्पतालका प्रमुख डाक्टर कालेब बुढा,सहायक अस्पताल प्रशासक पूर्ण थापालगायत चौरजहारी अस्पताल परिवार र चौरजहारी नगरपालिका परिवारलाई धन्यवाद दिए ।





.jpg)