होमपेज / समाज
प्रकाश शर्मा जेठ २०,सल्यान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले जिल्लाका तीन स्थानीय तहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाका दार्मा , कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका अध्यक्ष किशोर कुमार हमालले बताए। विभिन्न स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी सल्यानका तर्फबाट हस्तान्तरण गरिएको उनको भनाई छ ।
एक स्थानीय तहलाई ४ हजार ५ सय मास्क र सेनिटाइनजर हस्तान्तरण गरिएको उनको भनाई छ । हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री पहिलो चरणको रहेको र दोस्रो चरणमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिने हमालको भनाई छ ।
सामान बुझ्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा सल्यानले यस्तो बिपदको समयमा महामारी रोकथामका सामान उपलब्ध गराएकोमा धन्यवाद दिए ।





.jpg)