होमपेज / समाज
प्रकाश शर्मा जेठ ४,सल्यान
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई नेतृत्वको टोलीले दार्मा गाउँपालिकाले निमार्ण गरेको आइसोलेसनको अनुगमन गरेको छ ।
दिनप्रतिदिन कोरोना भाइरसका बिरामीहरुको संख्या बढी रहेको अवस्थामा स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसनको अनुगमन गरिएको हो । गाउँपालिकाले गाउँपालिकाको वडा न ३ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा ३० बेडको आइसोलेसन निमार्ण गरेको छ ।
५ बेडमा अहिले अक्सिजन सिलिन्डर राखिएको र बाँकी १२ बेडमा पनि राख्ने तयारी भइरहेको गाउँपालिकाका कोरोना फोकल पर्सन यज्ञ बस्नेतले जानकारी दिए । अक्सिजन बाहेक २५ नर्मल बेड तयारी अवस्थामा राखिएको उनको भनाई छ ।
अनुगमनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थापा, नेपाली सेनाका प्रमुख कञ्चन बस्नेत, शसस्त्र प्रहरी प्रमुख सन्तोष रायमाझी, अनुसन्धान प्रमुख विनोद दवाडी लगायतको टोली रहेको थियो ।





.jpg)