होमपेज / समाज
प्रकाश शर्मा जेठ ३,सल्यान
भेरियन्ट सहितको दोस्रो चरणको कोभिड १९ तिव्रतर रुपमा फैलिन थालेपछि सल्यान दार्माका जनप्रतिनिधी घर घरमा पुगी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा निगरानी बढाएका छन् ।
दोस्रो चरणको कोरोनाले जनजीवन प्रभावित तुल्याए पछि होम आइसोलेशसनमा रहेका नागरिक र अन्यको नागरिकहरको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी सहितको टोली लिएर जनप्रतिनिध घरदैलोमा पुगेका हुन ।
जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले प्रत्येक नागरिकको घर घरमा पुगेर स्वास्थ्य सल्लाहसँगै स्वास्थ्य परीक्षण गरी रहेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए । गाउँपालिकाको काफलगैरा, अधेरी खोला, बडाचौर, सर्सुखोला, धुरखर्क, ओजावाङ लगायतका बस्तीमा पुगेर फिबर, अक्सिजनको मात्रा चेक गर्दै आइरहेको उनको भनाई छ । उनले भने ‘कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका र अन्य सबै नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श दिने काम गर्दै आइरहेका छांै ।’
कोरानाबाट आतंकित, भयवित हुने भन्दा पनि सजगता र सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको केसीको भनाई छ । गाउँघरमा कोरोनालेको बारेमा हेलचेक्रराई नहोस् भनी जनप्रतिनिधिहरुले जोखिम मोलेर भएपनि घर घरमा सचेतना दिदै हिडेको अध्यक्ष केसीको भनाई छ ।
कोरोना संक्रमितलाई कुनै समस्या भएमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आइरहेको दुई गाडी र एक एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा दोस्रो चरणको कोरोनाबाट ३५ जना संक्रमित रहेका छन् । संक्रमित मध्ये ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा बस्दै आइरहेका छन् ।





.jpg)